बाँके\बाँके निर्वाचन  क्षेत्र न १ बाट प्रतिनिधि सभा विजयी उम्मेदवार सुर्य ढकालले समृद्ध बाँके निमार्णका लागि सार्वजनिक रुपमा सुझाव माग गरेका छन।

उनले सामाजिक संजालमा समग्र बाँकेको विकासमा गर्न सकिने कामहरु बारे बाँके १ का मतदाता र जिल्लाका आम नागरिकहरुलाई समृद्ध बाँके निमार्णमा एक जनप्रतिनिधिले संसदमा उठान गर्न सक्ने र त्यसले समग्र बाँकेको विकासमा खेल्ले प्रभाव बारे आम जनतालाई सुझाव माग गरेका हुन।

उनले आम मतदातालाई आफ्नो इमेल [email protected] तथा सामाजिक संजालमा प्रश्न राख्न समेत आग्रह गरेका छन। निर्वाचित प्रतिनिधि सभा सदस्य ढकालले उक्त सुझावहरुलाई दस्तावेजिकरण गर्ने बताए ।

उनले आफुलाई जनातले दिएको ५ वर्षको जिम्मेवारी पुरा गर्न आम नागरिकले उठान गरेका सार्वजनिक प्रश्नमा संसदमा केन्द्रिकृत हुने समेत जानकारी गराए ।