कांग्रेसमा भारी मतले गगन पराजित, देउवा संसदीय दलको नेता निर्वाचित

काठमाडौं \ नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
आज भएको संसदीय दल निर्वाचनमा उनले गगन थापालाई ३९ भोटले पछि पारे । देउवापक्षीय कांग्रेस नेता वीरबहादुर बलायरका अनुसार देउवाले ६४ भोट ल्याउँदा गगनलाई २५ भोट मात्र आएको छ ।
अन्तिम नतिजाबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्