बाँके\बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयमा पाठकको संख्या बृद्धि हुँदै गइरहेको छ । अघिल्लो आर्थिक वर्षमा दैनिक २०/२५ जना आएका थिए तर चालू आर्थिक वर्षमा दैनिक ३०/३५ जना पाठक आएका छन् । जुन अघिल्लो आर्थिक वर्ष भन्दा दोब्बर हो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्रका सचिव एकराज शर्माले विभिन्न योजनाका साथ अगाडि बढाएको बताए । ‘हरेक विद्यालयबाट बालबालिकाहरुलाई अध्ययनको लागि प्रेरित गरिरहेका छौं’ उनले भने, ‘बालबालिकालाई अध्ययन तथा अन्य विविध विषयमा सहयोग पुग्ने पुस्तकहरु राखेका छौं ।’

कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू भएपछि कोहलपुरका गतिविधिका बारेमा समेत पुस्तकालयमा उपलब्ध भएपछि बालबालिकाको संख्या बढ्दै गइरहेको सचिव शर्माले बताए ।

बिहिबार एभरेष्ट सैनिक माविका बालबालिकाहरुलाई पुस्तकालयमा ल्याएर आए । आआफ्नो मन परेका कितावहरु अध्ययन गरिरहेका थिए । विद्यालयका शिक्षक राजु दहालले बालबालिकाहरुलाई महिनामा दुई पटक बालबालिकालाई पुस्तकालयमा ल्याउने गरेको बताए । पुस्तकालयमा कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका समेत पाठकहरु आउने गरेका छन् ।