बाँके\हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन। आज पजि हिमपात र वर्षाको सम्भावना छैन। 

आज बिहान देशको पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  

आज राति प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।  

तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ।