कोहलपुर / कोहलपुर नगरपालिका वडा न ११ बसपार्क पछाडी रहेको पुर्बपश्चिम गेस्ट हाउसमा एक युबक मृत फेला परेका छन ।

सोमबार राती बर्थडे मनाउन आएका विशाल सिंह नामका ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

होटेल पुर्ब पश्चिममा कोहलपुर नगरपालिका वडा न ६ घर भएका विशाल सिंह मृत अबस्थामा भेटिएका हुन ।

भारतको कारगिलबाट घर जाने भनेर विशाल र उनको साथी बिजय कुमार सिंह सगै हिडेका थिए ।

मृतक सङ्गै आएका बिजय सिंहका अनुसार कोहलपुर आए पछि आफ्नो जन्मदिन मनाउने भनेर कोहलपुरको पुर्बपश्चिम होटलमा रुम लिएर बसेका थिए ।

रुममा दारुपार्टि चलेको उन्का साथीहरुले बताएका छन । दारुकै कारण निजको मृत्यु भएको हुनसक्ने शंका प्रहरीको रहेको भएपनि अनुसन्धान भने जारी रहेको एक प्रहरीले कोहलपुर टाईम्सलाई बताए ।

मृतक विशालले आफ्ना अरु २ जना साथी सुदिप सुनार र सुशील शाहिलाई बोलाई जन्मदिन मनाएको सिंहको भनाई छ ।

जन्मदिन मनाएर राती १ बजे सुतेका विशाल बिहान उठाउदा नउठेपछी होटल संचालक जय बहादुर नाथलाई बोलाएको उनको भनाई छ ।

होटल संचालक नाथका अनुसार बिहान तीन पटक उठाउन जादा नउठेको र पछि उनिहरु सङ्गै सुतेको एक जनाले डाक्टर बोलाउनु पर्यो भन्दा होटल सञ्चालक झस्किएका थिए । उनलाई मृत भेटेपछी आफुले प्रहरिलाई खबर गरेको नाथले कोहलपुर टाईम्सलाई बताए ।

प्रहरिले घटना स्थलको मुचुल्का उठाएर मृतक सङ्गै बसेका अन्य तीन जना माथी अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डिएसपी एन बहादुर मल्लले जानकारी दिएका छन । मृतकलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ।