देशका केही स्थानमा वर्षाको सम्भावना

बाँके\आइतबार बिहान देशका पश्चिमी उच्च पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाउँदै महाशाखाले आइतबार दिउँसो प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने जनाएको छ।
यस्तै राति प्रदेश नम्बर १ र बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्