चार महिनामा ४ खर्ब ७८ अर्ब व्यापार घाटा

बाँके\चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ खर्ब ७७ अर्ब ९१ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ।
यो अवधिमा कुल ५ खर्ब ८७ अर्ब ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यसमध्ये ५ खर्ब ३२ अर्ब ७० लाखको वस्तु तथा सेवा आयात गरिएको छ भने ५४ अर्ब ७७ लाख रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ।
भन्सार विभागका अनुसार साउन-कात्तिक महिनामा आयात १८ प्रतिशतले घटेको छ।
विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत जेठदेखि सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ।
यो चार महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३ प्रतिशतले निर्यातमा कमी आएको छ।
प्रतिक्रिया दिनुहोस्