बल्ब (चिम) चुनाव चिन्हबाट अर्जुन जंग शाह स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा

बांके: कोहलपुर १० बांकेका तत्कालिन राप्रपा नेता अर्जुन जंग शाह स्वतन्त्रबाट बल्ब (चिम) चुनाब चिन्ह सहित चुनाबि मैदानमा उत्रिएका छन । बांके क्षेत्र नं. १ प्रदेश सभा ख बाट आफनो उम्मेदवारी रहेको बताउदै शाहले ठुला पार्टिहरुको सिण्डीकेट चिर्न आफुलाई पार्टिले टिकट नदिएपछि स्वतन्त्रबाटै भएपनि चुनाबमा होमिनु परेको बताएका छन ।
हिन्दु राज्य र राजसंस्थाको वकालत गर्ने पार्टि राप्रपाले गणतन्त्रबादिसंग सांठगांठ गरेपछि कार्यकर्ताहरुमा बिद्रोको भाब पैदा भएको र आफुले बांके क्षेत्र नं. १ मा हलोमा भोट हाल्न पाउने बाताबरण नबनेपछि स्वतन्त्र उम्मेदारीबाटै भएपनि हिन्दु राज्य र राजसंस्थाका पक्षमा वकालत गर्न आफुले स्वतन्त्र उम्मेदवारी दिएको दाबि गरेका छन ।
बांके जिल्ला क्षेत्र नं १ बाट प्रदेश, क्षेत्र, नगर र वडा सम्मका असन्तुष्टहरुले आफनो पदबाट राजिनामा दिन बाध्य पारेको भन्दै शाहले राजिनामा अघि केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि प्रेम बहादुर भण्डारी र जिल्ला अध्यक्ष नरेन्द्र पौडेलसंग हलोमा भोट हाल्ने बाताबरण बनाउन आग्रह गरेको भएपनि सुनुवाई भने नभएको बताए ।
युवाको नेतृत्वमा विकासको मुल फुटाउने, भ्रष्टहरुलाई तह लगाउदै हिन्दु राज्य र राज संस्था रहे मात्र देश रहन्छ भन्ने महान जागरण अभियानमा आफु लागेको समेत जिकिर गरे ।
पत्रकार भेटघाटमा शाहले राष्ट्रिय पार्टिबाट जनतामाझ बितृष्णा फैलिएको भन्दै ठुला ठुला सपना देखाउने भ्रम छर्ने तर गरिब, किसानका समस्या यथाबत नै रहने परीपाटिका बिरुद्ध आफुले उम्मेदवारी दिएको बताए ।

यि हुन उनका प्रतिबद्धताहरु ?
युवाहरु र स्वस्थ शरीर चाहनेहरुको लागि फिटनेस पार्क गराउने कुलतमा फसेका तमाम नागरिकहरुका लागि जनचेतना जगाउदै पुर्नस्थापना केन्द्रहरुमार्फत पुर्नस्थापित गर्ने उनको प्रमुख प्रतिबद्धता रहेको छ । सरकारी बिशालयहरुमा प्राविधिक शिक्षाको पठनपाठनको पहल गर्ने देखि कोहलपुर नगरपालिकाका १५ वटै वडा जोडने रिङरोडलाई पुर्णता दिने र बजार क्षेत्रमा उचित ट्राफिक ब्यबस्थापन गर्दै मुख्य चोकहरुमा हाईमास्ट र प्रस्ताबिक आकाशेपुल निर्माण तथा ट्राफिक लाईटको ब्यबस्थापन गर्ने समेत उनका प्रतिबद्धताभित्र अटाउन सकेका छन ।
प्रदेश ख अन्तरगत ढकेरी, शम्शेरगञ्ज लगाएत सम्पुर्ण वडाका चोकहरुमा हाईमास्ट लाईटहरुको ब्यबस्था गर्ने । गौशाला, मठमन्दिर र धार्मिक क्षेत्रहरुको संरक्षण र विकासको लागि पहल गर्ने । स्वास्थ्यका लागि खेलकुद, अनुशासनकालागि खेलकुद र वृद्धि विकासका लागि बहुआयामिक रंगशाला र बिभिन्न स्थानमा खेलमैदानहरुको निर्माण गर्नेेदेखि कोहलपुर ११ मा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदान स्तर उन्नती गरिने र २०४७ यताका भ्रष्टाचारीहरुको ३ पुस्ते अभिलेख हेरेर उनीहरुको सार्वजनिक बहिष्कार कार्यक्रम ल्याइने उनको प्रतिबद्धताको प्राथमिकतामा परेका छन । स्वास्थ्य प्रणाली जनताको पहुच भन्दा बाहिर भएकाले यस्लाई पहिलो प्राथमिकतामा राखि अत्यावशयक पहल कदमी गर्ने समेत उनले आफनो प्रतिबद्धतामा राखेका छन ।
प्रतिक्रिया दिनुहोस्