कोहलपुर क्षेत्रलाई राजनीतिक कर्मथलो बनाएर राजनीति र सामाजिक क्रियाकलापमा सक्रिय खेमराज शर्माको चर्चा यतिबेला चुलिएको छ । नेकपा एमाले निकटको युवा संघ नेपालको लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी पाएसँगै शर्माको लोकप्रियता ह्वात्तै बढेको छ यतिबेला ।
नेकपा एमालेभित्र विशेष महत्वका साथ हेरिने भातृ संगठन राष्ट्रिय युवा संघको प्रदेश स्तरीय नेतृत्वमा कोहलपुरले सामान्य रुपमा बुझेको युवा पुग्नु भनेको शर्माले आपूmलाई एउटा होनहार सफल नेतृत्वकर्ताको परिचय दिनु पनि हो ।


को हुन् राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष खेमराज शर्मा ?
गुटु–८, सुर्खेत जन्मस्थान भएपनि बसाई सरेर २०६० सालबाट कोहलपुरमा स्थायी बसोवास गरीरहेका शर्मा शुरुवाती चरणमा स्थानिय वाल क्लब र युवा क्लबमा आबद्व भएर नेतृत्वको अभ्यास शुरु गरेका थिए । २०५८ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीका चयन भएर विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेपनि कोहलपुर बसाई सरेर आएपछि आफ्नो राजनीतिसँग गहिरो सम्बन्ध स्थापित हुनपुगेको शर्मा बताउँछन् । जनआन्दोलन ०६२/०६३ को समयमा उनी १९ दिनसम्म भएका आन्दोलन तथा प्रदर्शनको अग्र मोर्चामा देखिने शर्मा २०६३ सालमै युवा संघ नेपाल बाँके क्षेत्र नं. १ को सदस्यमा चयन भएका थिए । यस्तै २०६५ सालमा उनलाई युवा संघ नेपाल बाँके जिल्ला कमिटिमा मनोनित गरिएपछि २०६७ सालमा संघको जिल्ला कमिटी उप–सचिवमा चयन भएका थिए । त्यसपछि २०६८ देखि २०७२ सम्म सचिव भएर युवा संघ बाँकेको नेतृत्वलाई चलायमान बनाराखे उनले । २०७३ सालमा संघको जिल्ला कमिटी अध्यक्षमा झिनो मतले पराजित उनी २०७४ सालमा संघको केन्द्रिय सदस्यको जिम्मेवारी पाउन सफल भए । संघमा शर्माको उपस्थिती फराकिलो हुँदै जानेक्रममा २०७६ केन्द्रिय स्थायी कमिटि सदस्य र बाँके इन्चार्जको जिम्मेवारीसँगै यसै वर्ष पाटीको क्षेत्रीय कमिटि सदस्यमा पनि चयन भए । राजनीतिसँगै उनले होटल व्यवसायी संघ बाँके कोहलपुरको सदस्य, सचिव र महासचिव भएर तीन कार्यकाल सामाजिक क्षेत्रमा पनि आप्mनो उपस्थिती प्रमाणित गर्न सफल भए । २०७६ सालपछि नेकपा एमाले बाँके जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य र युवा फाँट प्रमुखको जिम्मेवारी वहन गर्दै हाल पार्टीको जिल्ला कमिटि सदस्य र संगठन विभागको सचिवका रुपमा काम गरिरहेका छन् ।


२०६८ सालदेखि २०७८ सालसम्म बागेश्वरी यातायात समितिको कर्मचारीको रुपमा पनि काम गरेका उनी राष्ट्रिय युवा परिषद् अन्र्तगत जिल्ला युवा समिति बाँकेको हालका अध्यक्ष पनि हुन् शर्मा । आफ्नो राजनीतिक यात्रामा विभिन्न आरोह अवरोह पार गर्दै राजनीतिमा दत्तचित्त भएर सक्रिय शर्मा यही श्रावण १५ र १६ गते काठमाण्डौमा सम्पन्न संघको केन्द्रिय कमिटिको पूर्ण बैठकबाट लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा भएका हुन् । राजनीतिबाहेक उनले आपूmलाई विभिन्न सामाजिक गतिविधीमा पनि सक्रिय पार्ने क्रममा कोहलपुर तथा जिल्ला बाहिरका स्थानहरुमा औद्योगिक ब्यापार मेला आयोजना तथा व्यवस्थापनमा समेत उनी देखिन्थ्ये । राजनीतिमा प्रचुर सम्भावना बोकेको आशलाग्दो युवाका रुपमा आपूmलाई प्रस्तुत गर्न सफल शर्मा सम्पन्न स्थानिय तह अन्र्तगतको वडास्तरको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदका बलिया उमेद्वारको रुपमा पनि हेरिएको थियो ।