बाँके / बाँकेको कोहलपुर ११ मा अत्याधुनिक सेवा सुबिधाका साथ गोल्डेन अपर्चुनिटी जब लिन्क संचालनमा आइसकेको छ । उक्त संस्थाले विभिन्न क्षेत्रमा काम चाहने तथा रोजगारीको खोजी रहेका योग्य नागरिक साधारण लेख पढ जान्ने देखि लिएर शिक्षित युवा युवतिहरुको लागि सेवा प्रदान गर्न खोजेको छ ।

रोजगारको लागि विभिन्न स्थानमा भौतारिनुका साथै विभिन्न खालका प्रलोभनमा परि आफ्नो अस्तित्व गुमाउनेहरुको पिडालाई महसुस गरि हामिले यो सस्था संचालनमा ल्याएको संस्थाकी संचालिका कल्पना कंडेलले जानकारी दिएकी हुन ।

हामिले कुनै पनि संघ संस्था बैंक , कम्पनी , बित्तिय संस्था, फर्म , कलकारखाना , उद्योग, शैक्षिक संस्था , पसल, होटेल , रेस्टुरेन्ट , रियलस्टेट बिल्डर्सको लागि श्रमिक , क्लिनर, पार्क रेखदेख गर्नका लागि सेक्युरिटी गार्ड , छापाखाना तथा जुनसुकै क्षेत्रमा काम गर्नका लागि दक्ष जनशक्ति उपलब्ध गराउनुका साथै योग्यता अनुसारको रोजागारीको पनि ब्यवस्था गरिने संचालिका कंडेलले बताइन् । कोहलपुर टेलिकम रोडमा यसको कार्यलय रहेको छ ।