राप्तिसोनारी। राप्ती सोनारी गाउँपालिका वडा ३ मा ने.क.पा एमालेले पुरै प्यानल सहित विजयी भएको छ । नेकपा एमाले राप्ती सानारी गाउँपालिका वडा न. ३ का अध्यक्षका उम्मेवार मिन कुमार थारुले १ हजार ३ सय ४३ मत ल्याएर विजय हुनुभएको छ ।
यसै गरी महिला सदस्यमा सुमित्रा कुमारी थारुले १ हजार ३ सय १३ मत ल्यार बिजय हुनु भएको छ । यसै गरी दलित महिला सदस्य
रीता दमाईले १ हजार ३ सय १२ मत ल्यार बिजय हुनु भएको छ र खुल्ला सदस्य तर्फ पुन्वा थारुले १ हजा २ सय ९९ र मंगल बहादुर वलीले १ हजार २ सय ८९ मत ल्याएर बिजय हुनु भएको हो ।
यो भन्दा अगाडि जम्मा एक वडा मात्र जितेको एमालेले यसपालि बहुमत ल्याउने एमालेका क्षेत्र नम्बर १ का संयोजक बलर्म भट्टराईले जानकारी गराएका छन् । उनले अब केही समयमै पुरै प्यानल सहित्व१ र २ को नि जितको नतिजा आउने बताए।