काेहलपुर/ नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीलाई धर्म गुरुहरुले आर्शिवाद दिएका छन् । मुस्लिम समुदायले ईदउल फित्र पर्वको अवसरमा कोहलपुर नगरपालिका वडा नं. ९ स्थित इदगाहमा पुगेको आचार्य र सुवेदिलाई इस्लाम धर्म गुरुहरुले आर्शिवाद दिएका छन् ।

सो अवसरमा नगर प्रमुख पदका उम्मेद्वार पूर्ण आचार्यले नेपाली कांग्रेसले आफ्नो राजनैतिक र सैद्धान्तिक पक्षमा पनि धर्मलाई आत्मासाथ गरेको बताउँदै सबै धर्महरुको संरक्षण काँग्रेसले गर्ने बताएका छन् । कोहलपुर नगरपालिकामा सबै धर्म सामुदायका मानिसहरुको बसोबास रहेकाले धार्मिक तथा सामाजिक सद्भावका दृष्टिकोणले नमुना सहर रहेको बताउँदै नेपाली काँग्रेसलाई बिजय गराउन आग्रह समेत गरेका छन् ।
सो अवसरमा उपप्रमुख पदका उम्मेद्वार संगिता सुवेदिले मुस्लिम सामुदायको हकहितको सेवामा काँग्रेस संधै अगाडि रहेको पनि बताउँदै सबै धर्मको विकास गर्न आफुहरु लाग्ने बताईन् । त्यसक्रममा मुस्लिम सामुदाय धर्म गुरूले आचार्य र सुवेदिलाई जितको शुभकामनासँगै आर्शिवाद समेत दिएका थिए ।