काेहलपुर / बाँकेको कोहलपुरमा नेपाली काँग्रेसबाट कोहलपुर नगरप्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदीलाई वृद्धदेखि यूवासम्मले बिजयका लागि आर्शिवाद दिएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ भएमा भएको घरदैलो अभियानमा कोहलपुरको समुन्नत विकासका लागि नेपाली काँग्रेसबाट उम्मेद्वार बनेका आचार्य र सुवेदीलाई वृद्धदेखि यूवाहरुले आर्शिवाद दिएका छन् ।

निर्वाचन प्रचार प्रसारका क्रममा वडा नं. २ मा पुगेका आचार्य र सुवेदीलाई कोहलपुरका जनताले एकपटक सेवा गर्ने अवसर दिने उनीहरुले आर्शिवाद दिएका छन् । सो क्रममा नगरप्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले कोहलपुरका जनताको भावना अनुसार विकास र समुन्नतका लागि बिजय गराउन आग्रह गरेका छन् ।

साथै उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदीेले कोहलपुर नगरपालिका वडा नं. २ को विकासका लागि काँग्रेसबाट उम्मेद्वार बनेकालाई मतदिई बिजय गराउन आग्रह गरेकी छिन् । यूवा नेतृत्व सहितको निर्वाचनमा होमिएको कोहलपुर काँग्रेसले घरदैलो अभियानलाई तिव्रता दिईरहेको छ ।