बाँके/ आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरेर राप्रपा नेपाल काेहलपुर कोहलपुर नगर कार्य समितीले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी सहकार्य गरि निर्वाचनमा जाने सहमति अनुसार कोहलपुरमा राप्रपा नेपाल ले उपमेयर , दुई वडा अध्यक्ष लगायत पन्ध्रै वडामा वडा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा नेपालले उप मेयरमा लक्ष्मी कुमारी हमाल , वडा-२ काे वडाध्यक्षमा सुरज लाल थारुलाई वडा अध्यक्ष र कृष्णमाया दमाई लाई दलित महिला सदस्यमा सिफारिस भएका छन् ।

यस्तै वडा-१४ मा विकास थापालाई वडा अध्यक्ष र गिता बि क लाई दलित महिला सदस्य , कोहलपुर वडा-१ मा सुमन केसि लाई वडा सदस्य, वडा-३ मा आकाश हमाल, वडा नं. ५ मा रजितराम थारु र दिलराम बुढा क्षेत्री , वडा नं. ६ मा मिना कुमारी शाही महिला सदस्य , वडा नं. ८ मा राजु बोहरा, वडा नं.१० मा प्रदीप आचार्य , वडा नं.११ मा आशाराम थारु र १२ मा दुर्गा श्रेष्ठ लाई महिला सदस्यमा सिफारिस गरेको राप्रपा नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ ले जानकारी दिएका छन् ।