लागु औषध कारोवारी जगत उर्फ मुन्ना प्रहरी नियन्त्रणमा
बाँके/ कोहलपुर नगर क्षेत्रको प्रमुख समस्या लागुऔषध दुव्र्यसनी विरुद्ध प्रहरीले चलाएको अभियान अन्र्तगत यस क्षेत्रको ब्राउन सुगर (खैरो हिरोइन) प्रमुख कारोवारीलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।


मंगलबार इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर वडा नं. १२ मा पर्ने रोहिणी खोला सडकखण्डबाट मुन्ना भनिने जगत के.सी.लाई प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लका अनुसार यस क्षेत्रमा लागु पदार्थ प्रयोगकर्ताहरुलाई पक्राउ परेका मुन्नाले नै प्रतिबन्धित लागु औषध ब्राउन सुगर विक्री गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

लागु औषध ब्राउन सुगर कारोवार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयको टोलीले मुन्नालाई नियन्त्रणमा लिई तलासी गर्ने क्रममा दायाँ हातमा समाती राखेको प्रिन्टिङ रातो रङको कपडाको झोला भित्रबाट रातो रङको प्लाष्टिकले लपेटी राखेको अवस्थामा ८० ग्राम लागु औषध ब्राउन सुगर सहित ब्राउन सुगर नापतौल गर्न प्रयोग गरीने एटोम लेखेको १ थान डिजिटल तराजु, २ थान सिम कार्ड, १ थाने किप्याड सादा मोवाईल, १ थान अप्पो कम्पनिको कालो रङमा रहेको टच मोवाईल र पक्राउ परेका मुन्नाले प्रयोग गरेको लु १२ प २९० नम्वरको पहेलो कालो रङको स्कुटर पनि नियन्त्रणमा लिएको कोहलपुर प्रहरीले जनाएको छ ।


केही दिन अघिमात्र सरुवा भएर कोहलपुर प्रमुखको जिम्मेवारी पाएको प्रहरी उपरीक्षक मल्लले पत्रकार तथा नागरिक समाजका प्रतिनिधीहरुसँगको भेटघाटका क्रममा नगर क्षेत्रको प्रमुख समस्याका रुपमा लागु औषध दुव्र्यवसनी रहेको जानकारी पाएपछि लागु औषध विरुद्व प्रहरी अभियान शुरु गरेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

नगर क्षेत्रलाई लागु औषध प्रयोगकर्ता तथा कारोवारमुक्त नगरको रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने कोहलपुर प्रहरी प्रमुख मल्लको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्