काठमाडौं । काठमाडौं जिल्लामा आज नयाँ कोभिड १९ संक्रमित भेटिएका छैनन् । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा मात्रै आज २ जना संक्रमित थपिएका हुन् ।

उपत्यकामा आजसम्म सक्रिय संक्रमितको संख्या आजसम्म १७७ रहेको छ ।  आजसम्म १४ जिल्ला कोभिड फ्री भएका छन् भने अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या १ देखि ९३ सम्म रहेको छ ।

आज देशभर ५६८ जना होम आइसोलेसनमा, २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ११ जना आईसीयूमा र १ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।