बांके / राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित शीर्ष नेताहरु २४ गते विहिबार नेपालगन्ज आउने भएका छन् ।

राप्रपा नेपाल बांकेले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष थापा सहितका नेताहरु नेपालगन्ज आउने भएका हुन् ।

भेलालाई अध्यक्ष थापा सहित उपाध्यक्ष राजेन्द्र वीर राय, सहमहामन्त्री हिक्मत ढकाल, सहायक महामन्त्री खेमराज गाैतम सहितका नेताहरुले सम्बोधन गर्ने राप्रपा नेपालका बांकेका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले जानकारी दिएका हुन् ।

भेलामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गर्ने तथा केन्द्रीय अध्यक्ष थापालाई नेपालगन्ज एयरपोर्ट देखि नेपालगन्ज नगर परिक्रमा गराउने कार्यक्रम रहेकाे राप्रपा नेपाल बांकेका अध्यक्ष सिंहले बताए ।

लोकतन्त्र, सनातन हिन्दुराष्ट्र, सुशासन र समृद्धिको अभियान सफल पारौँ।राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाऔँ भन्ने मुल नाराका साथ मुलुकमा भ्रष्टाचार, बेथिती बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसकोविरुद्ध स्थानीय चुनावलाई लक्षित गरी अगुवा कार्यकता भेला गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य श्रीधर सुवेदीले बताए ।