प्रजातान्त्रिक पद्वतीको संस्थागत विकासका लागि राप्रपा नेपाल : उपाध्यक्ष राय

राप्रपा नेपाल बाँकेले पूर्णता पाएको छ । मंगलबार राप्रपा नेपाल बाँकेले संयुक्त घोषणा कार्यक्रम आयोजना गर्दै गर्दै जिल्ला, क्षेत्र तथा नेपालगञ्ज नगर समिति विस्तार गरेको छ ।
सम्र्बद्धनबाद, शुसान र समृद्धि भन्ने मुल नारालाई आत्मसात गर्दै राप्रपा नेपालले राप्रपा नेपाल जिल्ला कार्य समिति र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणाका साथै बिभिन्न पार्टि परित्याग गरि राप्रपा नेपालमा प्रबेश गरेका नव प्रवेशी कार्यकर्तालाई स्वागत गरिएको छ ।

कार्यक्रमका प्रमुख अथिती समेत पार्टीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र बिर रायले प्रजातान्त्रिक पद्वतीको संस्थागत विकासमा राप्रपा नेपाल नै सफल हुने धारणा राखे । उनले बाँके जिल्लालाई राप्रपा नेपालको बलियो संगठन सहितको निर्णायक राजनीतिक शक्तिका रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने बताए । यस्तै कार्यक्रमका विशिष्ठ अतिथि एवम् पार्टीका केन्द्रिय सह–महामन्त्री हिक्मत ढकालले अबको थोरै सयममा बाँकेलाई राप्रपा नेपालमय बनाउन सकिने धारणा राख्दै संगठन विस्तार र संगठन सुदृढिकरणमा विशेष जोड दिइरहेको बताए । ७७ वटै जिल्लामा पार्टीको संगठन विस्तार गर्न सफल भएको भन्दै अब राप्रपा नेपाल हिन्दु राष्ट्र कायम गराएरै छाड्ने विश्वास व्यक्त गरे । राप्रपा नेपाल बाँके जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंहको अध्यक्षतामा भएको सो घोषणा सभामा केन्द्रिय सहायक मन्त्री खेमराज गौतम, मो. खालिद इकवाल इराकी, बेँिद्रय सदस्यहरु श्रीधर सुबेदी , टोपेन्द्र शाही , आशा धिमाल , लक्ष्मी कुमारी हमाल, राप्रपा नेपाल कोहलपुर नगरपालिका अध्यक्ष प्रमात कुमार श्रेष्ठ लगाएत बुद्धिजिवी , समाजसेवि , उद्योगि , ब्यापारि , राप्रपा नेपाल निकटका भातृ संगठनका नेताहरु लगायत युवाहरुको उपस्थिती रहेको थियो । सभामा राप्रपा नेपाल जिल्ला कार्य समिति बाँकेका अध्यक्ष दिपेन्द्र बहादुर सिंहको नेतृत्वमा उपाध्यक्ष यज्ञराज रेग्मी , महिला उपाध्यक्ष आशा बिष्ट , कोषध्यक्ष ओमकार शाही , सहसचिव प्रमोद भट्राई लगायत २१ जनाको कार्य समिति गठन एवंम बिस्तार गरिएको छ ।

त्यसैगरि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालकी अध्यक्ष्य अनिता भण्डारीको नेतृत्वमा उपाध्यक्ष्य दिपिका सिंह , बरिष्ठ उपाध्यक्ष बिष्णु कुमारी हमाल , सचिव राजश्री शाही , सदस्य गिता रेग्मी लगायत २७ जना महिला सदस्यीय गठनका साथै बिस्तार गरिएको हो । बाँके २ (क) का प्रदेश सभा अध्यक्ष्य बृजेश बहादुर सिंहको नेतृत्वमा १५ जना र बाँके २ (ख) का प्रदेश सभा अध्यक्ष्य कृष्ण मल्लको नेतृत्वमा १५ जना सदस्यीय कार्यसमिति गठन गरिएको बताइएको छ । यस्तै राप्रपा नेपाल नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष्य अभय कुमार बस्नेतको नेतृत्वमा २१ सदस्यीय नगर कार्यसमितिको गठन गरिएको छ ।
बिभिन्न पार्टि र पद परित्याग गरि कृष्ण मल्ल , बिक्रम राना , इन्द्रा बम शाही , शोभा शाही , तुलशा शाही लगायत ९१ जना महिला र पुरुषले राप्रपा नेपालमा प्रबेश गरेका छन् । यसका साथै शिखर ईराकीको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ बाट तिन दर्जन भन्दा बढि महिला लगायत पुरुषहरु राप्रपा नेपालमा प्रबेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्