भक्तपुर, २० फागुन:   
नेपाल निजामती कर्मचारी सङ्गठनका भक्तपुर जिल्ला कार्यसमितिको ११औँ अधिवेशनले लेखनाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्गठनको थिमिमा बिहीबार अबेर राति सम्पन्न अधिवेशनले उपाध्यक्ष (खुला) मा वसन्त चापागाईँ, उपाध्यक्ष (महिला) मा कल्पना बस्नेत, सचिवमा बिष्णुहरि आचार्य, कोषाध्यक्षमा शोभा गैँडा घिमिरे, र सहसचिवमा भीमप्रसाद शर्मा चयन हुनुभएको निवर्तमान अध्यक्ष बद्री कोइरालाले जानकारी दिनुभयो ।    
    
सदस्यमा सदस्य खुला पशुपति गैँडा, भवानीप्रसाद पाण्डे, रुपेश गेलाल, रामप्रसाद गैँडा, युवराज ढकाल, महिलातर्फ अम्बिका दाहाल, निर्मला लामा, शाहजिमा खातुन, अनिता पौडेल र दलित सदस्यतर्फ सन्तोषी नेपाली चयन हुनुभएको छ ।    
    
केन्द्रीय प्रतिनिधितर्फ बद्री कोइराला, तेजविक्रम कार्की, रामबहादुर रोकाया, रामप्रसाद पोखरेल, सङ्गीता ढुङ्गेल तथा प्रदेश प्रतिनिधितर्फ कल्पना बस्नेत, कुवेरबहादुर खड्का, विष्णुहरि आचार्य, टङ्क शिवाकोटी, कृष्ण धिमाल, पुष्पराज गुरागाईँलाई सर्वसम्मत चयन गरिएको छ ।