राप्रपा कोहलपुरमा पहिरो

राजेन्द्र लिंग्देल नेतृत्वको राप्रपा कोहलपुरमा पहिरो नै गएको छ । कोहलपुर नगरपालिकाबाट प्रतिनिधित्व गरिरहेका जिल्ला सदस्य सहित वडा कार्यसमितिका १० पदाधिकारीहरुले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् ।

विहिवार सामाजिक सञ्जालमार्फत राप्रपा बाँके जिल्ला सदस्य तथा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) लुम्बिनी प्रदेश अध्यक्ष प्रमात कुमार श्रेष्ठ लगाएत कोहलपुर नगरपालिका अन्र्तगत एक वडाका वडाध्यक्ष, उपाध्यक्ष लगाएत १० जना सदस्यहरुले लिङ्गदेल नेतृत्वको राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला सदस्य श्रेष्ठ सहित कोहलपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष सुरज लाल थारु उपाध्यक्ष कुलचन्द्र थारु सदस्यहरु बिर्मा चन्द, पुष्पा विष्ट, कर्ण बहादुर चन्द, क्षमा बम, संदिप चन्द, विंमी खड्का र ओम प्रकाश खटिकले संयुक्त रुपमा हस्ताक्षर गर्दै राप्रपा परित्याग गरेको घोषणा गरेका छन् ।

जिल्ला सदस्य तथा (टुकोन) लुम्बिनी प्रदेश अध्यक्ष श्रेष्ठले जिल्ला कार्यसमिति समक्ष बुझाएको राजिनामा पत्रमा राप्रपा राष्ट्रिय एकता महाधिवेशन पश्चात नव निर्वाचित अध्यक्ष लिंग्देलको नेतृत्वमा पाटीले असल, योग्य व्यक्ति पाउन सफल भएको महशुस गरी पाटीलाई वृहत र अग्रपंक्तिमा बनाउने लक्ष्य बोकेका हजारौ युवा कार्यकर्ताको मनोवल कमजोर तथा विचलित हुँदै गएकाले आपूmहरुले राप्रपा परित्याग गरेको बताइएको छ । केन्द्र देखि जिल्ला, क्षेत्र, नगर तथा वडाहरुमा कार्यसमिति विस्तार गर्दा गुटलाई प्रश्रय दिदै आफूहरुलाई जिम्मेवारीबाट बञ्चित गराइराख्ने खेल भइरहेकाले अर्थविहिन अवस्थामा पदमा रहनुभन्दा स्वतन्त्र भई राष्ट्र, जनता र श्रमजीवि वर्गहरुको निम्ति सदैव सक्रिय रहने बताउँदै पदबाट राजिनामा दिएको सार्वजनिक भएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्