काठमाडौँ, ४ फागुन   
प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाका अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।    
    
 नयाँ बानेश्वरस्थित संसद्् भवनमा जारी बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी हुनुहुन्छ । यस्तै नेकपा ९माओवादी केन्द्र० का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा ९एकीकृत समाजवादी० का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरिया हुनुहुन्छ । प्रमुख प्रतिपक्ष नेकपा ९एमाले० भने अनुउपस्थित रहेको छ ।    
    
 आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० सम्झौता टेबुल गर्ने कार्यसूची राख्ने वा के गर्ने भन्ने विषयमा सत्ता गठबन्धन दलभित्र सहमित जुटाउने प्रयास भइरहेको बुझिएको छ ।