राप्रपाको महिला संगठन राप्रपा नेपालमा समाहित

काठमाडौं । राप्रपा निकट सिंगो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन आजदेखि राप्रपा नेपालमा समाहित भएको छ । आज सम्पन्न राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनका अध्यक्ष ममता राइले बताउनुभयो ।

यसअघि राप्रपाको भातृ संगठन पूर्व प्रहरी परिषद पनि कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालमा समाहित भैसकेको छ । कमल थापा राप्रपा नेपालको अध्यक्ष भएसँगै भातृ संगठनहरु धमाधम राप्रपा नेपालमा समाहित हुने क्रम चलेपछि राप्रपाको सस्थापन पक्षमा हलचल पैदा भएको छ ।
प्रतिक्रिया दिनुहोस्