काठमाण्डौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पूर्व प्रहरीहरुको संगठन पूर्व प्रहरी परिषद् कमल थापाले राप्रपा नेपाल व्यूताएपछि राप्रपा नेपालमा समाहित हुने निर्णय गरेको छ ।

पूर्व प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विचारका संवाहक र प्रवद्र्धकलाई निषेध गरेर राप्रपा अघि बढ्न खोजेकोप्रति आपत्ति जनाउँदै यसले पार्टीको हित नहुने निष्कर्ष निकालेको हो ।

परिषद्ले सिंगो कार्य समिति र जिल्ला समितिहरु राप्रपा नेपालको नेतृत्व, विचार र संगठनमा आवद्ध हुने सर्वसम्मत निर्णय गरेको परिषदका महासचिव निराकारमान सिंह रेग्मीले जानकारी दिए ।