काठमाडौँ, २९ माघ 
कोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ ।    
    
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १०२ जना रहेका छन् ।    
    
पछिल्लो समय एक हजार ८२६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ३४ हजार ६४८ पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।    
    
चार जनाको निधन    
    
 विगत २४ घण्टामा चार जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ८८२ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला १३ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की,बाके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १२ जिल्ला रहेका छन् । ति जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पूर्व, तनहुँ, पाल्पा, दाङ र र कन्चनपुर रहेका छन् ।    
    
शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ ।    
नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा २५ हजार १४१ ,संस्थागत आइसोलेसनमा १६१ , आइसियुमा २०० र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ ।    
    
विगत २४ घण्टामा आज दुई लाख ८८ हजार ८३७ जनाले खोप लगाएका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज सात लाख १३ हजार ९०५ मात्रा लगाइएको छ । शर्मा