काठमाडौं, २२ माघ

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश  गर्नुभएको छ।  नगर प्रमुख शाहसहित ३ वडा अध्यक्षसमेत कांग्रेसमा प्रवेश गरेका छन् । उहाँसहित एक हजार बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपालि कांग्रेसको भनाइ  । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँ स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएको थियो।  

उहाँलाई नेपाली  कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सासंद अभिषेकप्रताव शाह, अतहर कमाल, जिल्ला सभापति अब्दुल कलामले संयुक्त रुपमा माला लागेर स्वागत  गर्नुभएको थियो।