काठमाडौँ, ७ माघ  
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा आज सम्बोधन गर्नुभएको हो ।    
    
नेपाली कांग्रेसका सभापति रहनुभएका उहाँले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिनुभएको थियो । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको छ । सम्बोधनका क्रममा उहाँले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।    
    
प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको