काठमाडौँ, ४ माघ

बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । ‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ ।

वनस्पति जगत्‌मा पिप्पली कुल (Piperaceae)को मरिचपिप्पली (Piper nigrum) नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच (Pepper) हो । पाकेका सुकेका फलहरूका बोक्राहरूबाट सेतो गोला मरिच बनाइन्छ,जसको व्यास लगभग ५ मिमी हुन्छ । यो मसलाको रूपमा प्रयोग गरिन्छ ।

बानस्पतिक हिसावले मरिच झाङ जस्तो बोट, प्रयोग गरिने फललाई ड्रुप(drupe) भनिन्छ जसमा सिङ्गो बीयाँ हुन्छ । यसका प्रयोग गरिने मुख्य अवस्थाहरु यसप्रकार छन्:
कालो मरिच – पकाएर सुकाएको फल
हरियो मरिच – सुकाएको काचोँ फल
सेतो मरिच – पाकेको फलको बियाँ

हालको तथ्याङ्क हेर्ने हो भने भियतनाम विश्वकै सवभन्दा ठूलो उत्पादक र निर्यात गर्ने देश हो जसले विश्वको ३४ प्रतिशत मरिच उत्पादन गर्छ । नेपालमा यसको खेती मोरङ, सूनसरी, झापा, रामेछाप र लमजुङमा गरेको पाइन्छ ।

समुद्री सतहदेखि २००० मिटर सम्म खेती गर्न सकिन्छ ,बिरुवाहरुबीच २.५ मि. र लाइनहरुबीच २.५ मि. को दूरी कायम गरिन्छ जसले गर्दा आड र झाङ्गिनको लागि पर्याप्त ठाउँ पुगोस । आडको लागि अन्य बिरुवाहरु, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ ।

विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न काँटछाँट जरुरी हुन्छ । जव विरुवा १ मि लामो हुन्छ तलको पात हटाइदिनुपर्छ । उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरुबाट जोगाउन घरेलु उपकरणहरुले काँटछाँट गर्न सकिन्छ ।

मरिचको गेडा पहेंलिएर एउटा झुप्पामा १ २ ओटा गेडा रातो भइसकेपछि टिपेर, सुकाएपछि गेडा छुट्याइन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा, घाममा सुकाउने अनि गेडा चाउरिएर कालो भएपछि भण्डारण गरिन्छ । तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्म टिपिन्छ ।यसको उत्पादकत्व २७५ के जी प्रति हेक्टर उत्पादन भएको पाइन्छ ।

साधारणतया तेश्रो वर्ष पश्चात्‌ बिरुवाहरू फल्न थाल्छ। सात वर्ष पछि बिरुवाहरूमा फलहरूको १०० देखि १५० मिलीमीटर लामो गुच्छा अधिकतम मात्रामा लाग्न प्रारम्भ हुन्छ । गर्मीमा प्रत्येक बिरुवाहरूबाट साधारणतया ४ देखि ६ किलोग्राम सम्म मरिच प्राप्त हुन्छ । यसको प्रत्येक गुच्छामा ५०-६० दाना हुन्छन। पाकेपछि ति फलहरू का गुच्छहरूलाई उतारेर जमीनमा अथवा चटाएरमा फैलाएर हाथले रगडेर मरिचका दानाहरूलाई अलग गरिन्छ । यिनलाई ५-६ दिनहरू सम्म घाममा सूक्न दिइन्छ। राम्रो सँग सुकेपछि मरिचका दुवै बोक्राहरू खुम्चिने तथा चाउरि पर्ने हुन थाल्छ र यिनीहरूका रंग गाढा कालो हुन थाल्छ।