सामान किनेको पैसा माग्दा प्रहरी नायब निरीक्षक ९सई० हुँ भन्दै पसलेलाई धम्क्याएको आरोपमा दाङको घोराही उपमहानगरपालिका १५ का रामबहादुर बस्नेत पक्राउ गरेका छन् ।

आफूले सामान किनेको पसलेलाई पैसा नदिन सई भएको नाटक गरी ठगी गर्न खोज्ने बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला मालपोत कार्यालय नजिकै रहेको एक पसलमा हिजो बुधवार बस्नेतले दुई वटा बल्याङ्केट लगे पनि पसलेले पैसा माग्दा आफू सई हुँ भन्दै पैसा नदिएर गएको प्रहरीले जनाएको छ । बस्नेतले प्रहरीको सीआईडी हुँ तथा ब्युरोको सई हुँ भन्दै थर्काएको गुनासोको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।