डोटी, २८ पुस

  अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।    
    
मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उहाँको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिनुभयो ।