भजनी, २८ पुस

कैलालीको जानकी गाउँपालिका–७ का सीताराम चौधरीले पशु चौपाया लखेट्दै गाउँबाट जगतपुर जङ्गल पुग्नुभयो । छाडा ती पशु चौपायाले हिउँले बाली नष्ट गर्न थालेपछि उहाँलगायत स्थानीयवासी मिलेर पशुलाई जगतपुर जङ्गलमा पु¥याएका हुन् । “खेतमा लगाएको गहुँ बाली भर्खर खेतमा हरियो पर्न थालेको के थियो । बेवारिसे पशु चौपायाबाट बचाउनै मुस्किल भएको छ,” उहाँले भन्नुभयो, “खेतमै बसोबास हुँदा पनि कतिबेला छक्याएर आउँछन् थाहै हँुदैन । के हिउँदमा के बर्खा खेती लगायो भने अन्य प्रकोपको भन्दा बढी चिन्ता पशु चौपायाका कारण हुने गरेको छ ।”    
    
 सोही ठाउँका सुमन चौधरीले दुई बिघामा लगाउनुभएको तरकारी तथा गहुँ खेतमा तारबार छैन । सडकसँग जोडिएको खेत भएकै कारण चौपायाले सबैभन्दा पहिला उहाँको खेत देख्ने गरेका छन् । “एकजनाको दैनिक काम नै चौपायाको गोठालो बस्नुपर्ने भएको छ । रात दिन खेती जोगाउनका लागि खेतमै बस्नुपर्दा पुसको चिसोमा निकै कष्ट हुने गरेको छ ।” उहाँले भन्नुभयो, “अहिले त खेती लगाउने जाँगर पनि चल्दैन । खेती लगाएपछि छाडा पशु चौपायालाई ठिक्क हुन्छ । हूलमा देखिने चौपायाले एक दिनमै एक खेत नष्ट गर्छन् ।”    
    
 स्थानीयवासी रामकृष्ण विश्वकर्माका अनुसार स्थानीय सरकारले निर्वाचनका समयमा सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनको कार्ययोजनालाई प्रमुख बनाएका थिए । सो कार्ययोजना कार्यान्वयनमा आउन सकेको छैन । सामुदायिक चौपायाको त्रासले कैयौँ किसानहरूले खेती नै गर्न छोडिसकेको जनाउँदै यस्तै अवस्था रहे खेतीयोग्य जमिन पूरै बाँझो राख्नुपर्ने अवस्था आउने बताइएको छ । “खेती नलगाएर के खाने भन्ने चिन्ता हुन्छ । लगायो भने चौपायालाई ठिक्क हुन्छ । लगानी पनि नआउने डर । के गर्ने के नगर्ने ? किसानहरू निकै अलमलमा परेका छन् ।    
प्राकृतिक विपत्तिबाट खेती जोगाउनुभन्दा बढीको चिन्ता सामुदायिक पशु चौपायाबाट बचाउनु भएको छ ।”    
    
 छाडा पशु चौपाया व्यवस्थापनका लागि स्थानीय तहले गौशाला निर्माणसमेत गरेका छन् । वार्षिक रु १५ देखि २० लाखभन्दा बढी सामुदायिक चौपाया व्यवस्थापनका लागि खर्च गर्दै आएको भए पनि यसको प्रभाव किसानहरूमा पर्न सकेको छैन । टीकापुर बजार क्षेत्रमा पनि सयौँ छाडा चौपाया छन् । ती चौपायाकै कारण बजार क्षेत्रमा सवारी दुर्घटनाको जोखिम उच्च छ । टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनसँगै चौपायाको मलमूत्रबाट गोबर ग्यास उत्पादन गरी नागरिकहरुलाई वितरणको प्रक्रियासमेत सुरुआत गरेको छ । तर नगरपालिकाले चौपाया व्यवस्थापनका लागि जिम्मेवारी दिएका कर्मचारीको ध्याननदिँदा बजार क्षेत्रमा पशु चौपाया कम हुन नसकेको स्थानीय व्यापारी नन्दसिंह विश्वकर्मा बताउनुहुन्छ ।    
    
 अहिले अधिकांश स्थानीय बस्तीबाट छाडा चौपाया लखेट्दै जङ्गल पु¥याउने गरेको भए पनि यसको व्यवस्थापनमा स्थानीय तहले खटाएका कामदारहरुले चासो नदिएकै कारण पुनः तिनै पशु चौपाया गाउँ पुग्ने गरेको बताइएको छ । तिनै पशुले किसानको खेती नष्ट गर्ने गरेको स्थानीय किसानको गुनासो छ । स्थानीय नवराज बाब्लीले एक ठाउँबाट अर्को ठाउँ पु¥याउँदा चौपायाले यस ठाउँका किसानहरूलाई सास्ती गर्ने गरेको जनाउँदै एउटाले एक ठाउँ अर्कोले फेरि त्यही ठाउँ चौपाया धपाउने र दीर्घकालीन समाधानको बाटो नखोज्दा निकै समस्या भएको बताउनुभएको छ । “गौशाला निर्माण गरिएका छन् । चौपाया सबै समुदायमै देखिन्छन् । स्थानीय तहले लाखौँ बजेट खर्च गर्दै आएका छन् ।” उहाँले भन्नुभयो, “दीर्घकालीन समाधान नखोज्ने हो भने अधिकांश किसानको खेत बाँझो हुनेछ । यसले परनिर्भरतासमेत बढाउने निश्चित छ ।” छाडा चौपायालाई जङ्गलमा छोड्नका लागि गाउँमा बड्घरले नै स्थानीयवासीलाई परिचालन गर्ने गरेको छ ।झलनाथ खनाल