कटुवा पेस्तोलसहित कुर्मी पक्राउ
बाँके /
बाँकेकाे गनापुरदेखि कटुवा पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने २६ बर्षिय पंकज कुर्मीलाई कटुवा पेस्टोलसहित पक्राउ गरेकाे हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रबिन्द्र खनाल सहित खटिएको टोलिले आज दिउँसाे करिब साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० गनापुरबाट कुर्मिलाई पक्राउ गरेको हो ।
पेस्टोलसहित कुर्मीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्