लक्ष्मी माध्यामिक बिद्यालयल अध्यनरत बालिकाहरुलाई आत्म रक्षा तालिम ।

रुम टु रिडको आयोजनामा कोहलपुर नगरनगारपालिका वडा न २ मा रहेको श्री लक्ष्मी माध्यामिक बिद्यालयलमा अध्यनरत छात्राहरुलाई आत्म रक्षा तालिम दिइएको छ । जिबन उपयोगि सिप अन्र्तगत बालिकाहरुलाई आत्म रक्षा तालिम दिइएको रिम टु रिडका दिल कुमारी चौधरीले जानकारी दिनुभयो । पछिल्लो समय बालिकाहरु बिभिन्न हिंसाका घटनामा परेको र बालिकाहरु असुरक्षित भएका कारणले उनीहरुलाई आत्म रक्षा तालिम दिइएको चौधरीले बताउनुभयो । रुम टु रिडको उद्येश्य १२ कक्षा पास गराउने सगै जिबन उपयोगी तालिम दिएर उनीहरुलाई सक्षम बनाउने रहेको चौधरीले बताउुभयो । जिबन उपयोगी कोष मार्फत सही निणर्य कसरी लिने , आफु कसरी सुरक्षित हुने , कानुनी प्राबधानहरु के के छन् , कस्ता खाले ब्यक्ति बाट हिंसा हुन सक्छ भन्ने बिषयमा बालिकाहरुलाई सिकाउने गरिएको गारगी बस्नेतले जानकारी दिनुभयो । आत्म रक्षाका लागि प्राक्टिकल रुपमा सिकाईरहेको बस्नेतले जानकारी दिनुभयो । अहीले लक्ष्मी माध्यमिक बिद्यालयमा २ सय जना बालिका मध्ये ५० जना बालिकाहरुलाई आत्म रक्षा तालिम दिइएको बस्नेतले बताउनुभयो । रुम टु रिड नेपालले बाँकेका १२ ओटा बिद्यायमा काम गरिहेको छ । उक्त आत्म रक्षा तालिममा आफुलाई कोही आक्रमण गर्न आउदा त्यस बाट आफु कसरी बच्ने कस्ता खाले टेक्निक अपनाउन सकीन्छ भन्ने बारेमा प्रशिक्षक बिनोद मगर र तेज पुन मगरले प्रशिक्षण दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्