प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत, अर्को बैठक पुस १८ गते बस्ने ।
प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० को अवरोधका बीच प्रतिनिधिबाट चार वटा अध्यादेश स्वीकृत भएका छन् ।
प्रतिनिधि सभाको आज बुधवारको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७८, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको हो ।
रेल्वे अध्यादेश २०७८ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले स्विकृतिका लागि निर्णयार्थ पेस गर्नुभएको हो भने अरू तीन वटा अध्यादेश गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गर्नुभएको हो ।
सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक आउँदो १८ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्