नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफु गुटबाट निर्वाचित नभएको बताएका छन् । नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइन, विपीले नेतृत्व गर्नुभएको पार्टी उति नै गौरववान्वित छौँ, अझ बढी चुनौती छन् ।’

शर्माले महाधिवेशनबाट कयौं नेताहरु केन्द्रीय कार्यसमितिमा अटाउन नसकेको भन्दै सबैलाई समेटेर जानुपर्नेमा जोड दिएका छन् । ‘धेरै महत्वपूर्ण साथीहरू कार्यसमितिबाट बाहिररहनु भएको छ तर उहाँहरुलाई  पनि गाँसेर जानुपर्छ,’ उनले भने । अर्को प्रसंगमा उनले मिडियाका अधिकार कुन्ठित पार्ने कानुनका पक्षमा आफू कहिल्यै सहमत नहुने स्पष्ट पारे ।  

आगामी निर्वाचनमा हुने स्थानीय तहको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । बदलिएको ,बलियो र रुपान्तरित कांग्रेस बनाउन आफु सक्रिय हुने बताए ।