बागेश्वरी एकेडमी बिद्यालय कोहलपुर द्धारा स्वास्थ्य शिविर
बागेश्वरी एकेडमी बिद्यालय कोहलपुरले स्वास्थ्य शिविर सन्चालन गरेको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरको सहयोग तथा बागेश्वरी एकेडमीको आयोजनामा स्वास्थ्य शिविर सन्चालन गरिएको हो । उक्त स्वास्थ्य शिबिरको उदघाटन कोहलपुर नगरपालिका प्रमुख लुट रावतले गर्नुभएको हो । स्वस्थ शरीर र स्वस्थ मनस्थितिले मात्र शिक्षण सिकाई प्रभाबकारी र उपलब्धिमुलक हुुने भएकाले बिद्यालयले छात्र छात्राको स्वास्थ्य जाचका लागि स्वास्थ्य शिविर सन्चालन गरेको बिद्यालयका प्रध्यानाध्यापक श्रीधर गोराथोकीले बताउनुभयो । बागेश्वरी एकेडमीले प्रत्येक बर्ष बिद्यार्थीको स्वास्थ्य जांचका लागि शिविर संन्चालन गदै आईरहेको छ । डा पियुष कनोडिया , डा आषिम किदवाई , डा सन्दीप गुरुड।लगायतले बिद्यार्थीको स्वास्थ परिक्षण गर्ने किशन गुरुड।ले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्