एसिया कप खेल्न यू–१९ क्रिकेट टिमको बिदाई
उच्च मनोबलकासाथ खेल्न खेलकुदमन्त्री अथकको शुभकामना

काठमाण्डौं / युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र नेपाल क्रिकेट संघ (क्यान) काअध्यक्ष चतुर बहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गर्नुभएको हो ।

यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवा तथा खेलकुद मन्त्रीअथकले नेपालमा क्रिकेटको भविष्य राम्रो भएको उल्लेख गर्नुभयो । सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताउँदै मन्त्री अथकले उच्च मनोबलका साथ खेल्दै उपाधि हासिल गर्न शुभकामना समेत दिनुभयो ।
एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ । प्रतियोगितामा सहभागीहुने नेपाली टिम सोमबार राती नै युएई प्रस्थान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्