काठमाडौं 

पछिल्लो २४ घण्टामा देशभर २७४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । नौ हजार १६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

यो अवधिमा २७० जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ५२२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ