सचिव डा अधिकारीद्वारा पद बहाली

काठमाडौँ, २ पुस
नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभयो । डा अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्