कोहलपुर साना किसान कृषि सहकारी संस्था लि कोहलपुरको एघारौ बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष जानकी पुनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा रहनुभएको थियो । कोेहलपुर साना किसान कृषि सहकारी संस्थाले आर्थिक बर्ष २०७८ ÷२०७९ मा ४८ लाख ४९ हजार ७ सय ४७ रुपैया नाफा कमाएको छ । संस्थाका अध्यक्ष जानकी पुनका अनुसार कोहलपुर साना किसान कृषि सहकारी संस्थाले आर्थिक बर्ष २०७८ ÷२०७९ मा जम्मा १० करोड ९३ लाख ६९ हजार एक सय आठ रुपैया बराबरको कारोबार गरेको छ । साना किसान कृषि सहकारी संस्थाको १ सय ९३ समुहमा पनि उत्कृष्ट समुहलाई नगद, प्रमाण पत्र सहीत सम्मान समेत गरिएको थियो । साना किसानहरुको आर्थिक तथा सामाजिक बिकास गर्ने उद्येश्यका स्थापना गरिएको संस्थाले कोरोना संक्रमणको जोखिम अबस्थामा समेत आफ्ना सदस्यहरुलाई सहयोग गरेको र साना कृषि सहकारी संस्था गरिवी न्युनिकरण कार्यमा लागि परेको बताउनुभयो । साथै संस्थाले सुत्केरी पोषण कार्यक्रम ,सामाजिक सामुदायिक कार्यक्रम लगायतका बिभिन्न कार्यक्रमहरु समेत सन्चालन गदै आइरेको छ ।