कौशी खेती सम्बन्धि एक दिने तालिम कोहलपुरमा सम्पन्न ।

कौशि खेती तथा करेसाबारी सम्बन्धि एक दीने तालिम कोहलपुरमा सम्पन्न गरिएको छ । कोहलपुर नगरकृषि शाखाको आयोजनामा एक दिने कौशि तथा करेसाबारी सम्बन्धि तालिम सम्पन्न गरिएको हो । पछिल्लो समय घरकै कौसीमा खेति गर्नका लागि किशानहरुलाई आर्कषित गर्ने उद्येश्यले तालिमको आयोजना गरिएको प्रशिक्षक नगर कृषि शाखा अधिकृत निर्मल भुषालले बताउनुभयो । तरकारीको मुल्य बजारमा आकाशिदै गएकाले आफ्नै घरको छतमा तथा गमला पनि तरकारी उत्पादन गर्न सकीने भुषाले बताउनुभयो । आफ्नो परिवारलाई पुग्ने गरि तरकारीहरू आफैले आफ्नै कौशीमा उत्पादन गर्न सक्ने हो भने अर्गानिक बिषादी रहीत तरकारी खान पाइने भुषाले बताउनुभयो । कौशी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो। परम्परागत शैलिमा नयाँ प्रबिधि मिसाएर थुप्रै ढंगले कौसी खेतीको सुरुवात गर्न सकिने नगर कृषि शाखा अधिकृत कल्पना नेपालीले बताउनुभयो । कौशी खेतिका लागि हरियो सागपात, मौसम अनुसार तरकारी र फलफूल , भान्सामा सधै चाहिने धनिया, खुर्सानी जस्ता बिरुवा लगाउदा उपयुक्त हुने नेपालीले बताउनुभो । उक्त तालिममा करिब तालिममा करिब २० जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्