प्रहरी र कानुन व्यवसायीबीच सर्वोच्चमा ठेलाठेल

काठमाडौँ, २६ कात्तिक
सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच तनाव सिर्जना भएको छ ।
प्रधान न्यायाधिश चोलेन्द्र शमशेर जवराको राजिनामाको माग गर्दै केहि दिनदेखि आन्दोलनरत कानुन व्यवसायीहरुलेले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले बल प्रयोग गरेपछि अहिले सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।
सर्वोच्च परिसरमा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ । वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्