बिश्व कोरोना भाईरस महामारी होस या अन्य कुनै पनि अस्त्रशस्त्र आणविक अथवा जैविक जे भए नि दम्भ र अहंकारको चपेटामा परेको छ । यस्तै प्रतिकुल अवस्था तथा जोखिम युक्त समयमा नेपाली काङ्ग्रेस पार्टीको बैधानिक संकट अन्त्य गर्नको लागि महाधिवेशन हुन गइरहेको छ । पार्टीको संगठन तथा आन्तरिक जीवन पद्धति स्वस्थ राख्न आवश्यक छ भनेर कार्यकर्ताहरु आफ्नो स्वास्थ्य मापदण्ड पूरा गर्दै अधिबेशनमा सहभागी छन।

नेपाली काङ्ग्रेसको ७० बर्ष लामो इतिहासमा रहेका सक्रिय सदस्यता बराबरकै सदस्यता यो अधिबेशनमा बितरण गरिए ता पनि विवाद मुक्त हुन सकेको छैन । हरेक स्थानीय तहहरुमा कार्यकर्ताहरु गुटका नाममा बोलीचाली बन्द गरेर बस्न बाध्य भएका छन कुटपिटमा उत्रिएका छन। सहमति, समझदारी, मेलमिलाप भाईचारा र सह अस्तित्व भन्ने कुरा हराई सक्यो । सहमति बिना, एकता बिना कार्यकर्ताको सहि ब्यबस्थापन र पार्टीको आन्तरिक जीवन कसरी स्वस्थ र मजबुत हुन्छ र आगामी निर्वाचनमा विजयको झन्डा फहराउछ ? यी सबै कुराको उल्टो आज पार्टी विधि बिधान नीति नियम र पद्धति भन्दा बाहिर ब्यक्ति नेता र पदमा केन्द्रित भएको देखिन्छ ।

नेपालको इतिहासमा काङ्ग्रेसको लामो राजनीतिक संघर्ष र स्पष्ट लोकतन्त्र प्राप्ति एवं राजनीतिक स्थायित्व प्राप्तिको लागि भएका राजनीतिक सामाजिक आर्थिक समृद्धिको यात्रा पूरा गरेको गरिमामय इतिहास रहेको छ । तर पार्टी अहिले पनि सामरिक र रणनीतिक स्पष्ट दृष्टिकोणको अभावमा कार्यकर्ताहरु हरेक स्थानमा अन्यौल अलमल्लमा परेको देखिन्छ । पार्टीको आन्तरिक संगठन मजबुती र स्वस्थ बन्ने-बनाउने कार्यमा सहमति सहकार्य र सहभागिता आवश्यक पर्दछ तर पार्टीको महाधिवेशन एउटा अभियानका रुपमा भन्दा हैसियत र औकात प्रदर्शनको थलो बन्यो यो दु:खद र दुर्भाग्यपूर्ण देखिन्छ ।

हामी एक्काइसौं शताब्दीको अन्त्य तिर आई पुग्दा देशका अधिकाश स्थानमा वडा तथा पालिका अधिबेशन सम्पन्न भएका छन अधिबेशन भनेको पदको, ब्यक्तिको परिवर्तन र पुनरावृत्ति मात्रै हो त ? प्रश्न गम्भीर रुपमा उठेको छ। समाजका हरेक चोक चौतारोहरुमा कुराहरु आईरहेको छ पार्टीमा विधि बिधान र सिद्धान्त मर्यो तर फलानोले जित्यो। पार्टीको बिधान नियमावलीकै अधिनमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका स्थानीय कार्यसमिति, नेता तथा कार्यकर्ताहरु अन्यौल र आश्चर्यचकित देखिन्छन् । स्थानीय तहका कुनै पनि कार्यसमिति सङ्ग ब्यक्तिगत पहुँचका आधारमा सदस्यता प्राप्त गरेका ब्यक्तिको नामावली, ब्यक्तिगत विवरण तथा सामान्य परिचय समेत गराइएको देखिदैन । जो जसलाई पार्टीको सदस्यता उपलब्ध गराइएको छ ती मध्य कोहि समाजमा हुने विभिन्न खाले गलत घटनाहरु चोरी कुटपिट, बलात्कारी,अपराधीक क्रियाकलाप तथा फौजदारी अभियोगहरुमा सलग्न भएका ब्यक्ति यदि सदस्य परेका रहेछन् भने पार्टी मजबुत बन्छ कसरी ? अधिबेशनले दिने पद र जनताको मत र अभिमतबाट प्राप्त हुने पदको सन्तुलन ब्यबस्थापन गर्न किन कम्जोर भयो पार्टी ?औपचारिक छलफल र निर्णय भएको कतै पनि भएको देखिदैन ।

पार्टीमा आगामी कार्यकालका राजनीतिक, आर्थिक तथा आन्तरिक सांगठनिक नीति कार्यक्रम , सामाजिक जवाफदेहीता , उत्तरदायित्व बारे कुनै छलफल नगरी बरु पख मैले दस बीस पचासवटा सदस्यता एकलौटी भरेको छु देखाइ दिन्छु हेरौला कसरी जित्ने रहेछौ भन्ने प्रबृत्ति हाबी भएको देखिन्छ । त्यसैले बिकृती र अनुशासनहिनता हावी भएर सम्पन्न हुने अधिबेशन नभई कार्यकर्ताका बिचमा मनमुटाव निम्त्याउने थलो हुने प्रस्टै देखिन्छ । हरेक स्थानीय तहमा बिकृती फैलाउने अभियान कार्यक्रम र योजना कार्यान्वयन गर्नुभन्दा भन्दा पालैपालो सबैलाई लिगलिग कोटमा दौडाउने नभए कुस्ती खेलाउने कार्य गर्नु उचित देखिन्छ ।

कार्यकर्तामा योग्यता क्षमता लगनशीलता इमानदारीता धैर्यता र जवाफदेहीता जस्ता गुण आवस्यक पर्छ । राजनीति पेशा ब्यवसाय केहि होइन यो त सैद्धान्तिक दर्शनको जीवनमा ब्यबहारिक ग्रहण र प्रस्तुति हो। सामाजिक र सैद्धान्तिक सिद्धान्त र ब्यवहारको संतुलन बिना राजनीति कोरा क्रान्तिकारी प्रवचन मात्र हुन्छ । सामाजिक न्याय ,सार्वजनिक सेवा,जवाफदेही र स्पष्ट ब्यबहारिक चरित्रको श्रृङ्गार बिना राजनीति दलको नेता बन्न सम्भव छैन । पार्टीको लक्ष्य समाजबादी ब्यबस्थाको छ तर पार्टीका आम कार्यकर्ता टोल टोलका नाममा, भूगोल र जातीवादमा रमाईरहेका छन ।

नेता र कार्यकर्ताका बिचमा हुनुपर्ने सम्बन्ध मक्किएको छ ,नेतामा अहमता र दम्भले बास गरेको छ कार्यकर्तामा अराजकता र अनुशासन हिनताले बास गरेको देखिन्छ । हरेक ब्यक्ति र सम्बन्धहरुको ब्यबहारिक सन्तुलन बिना सहयात्रा, सहमति , समझदारी र एकता सम्भव हुदैन आज पार्टीमा असन्तुष्टि निराशा,धाक धम्कीले प्रशय पाएको छ। तिब्र गतिमा बढिरहेको गुटबन्दी र ब्यक्तिवादले पार्टीलाई उचाईमा नभई गहिराईको खाडलमा पुर्याउने देखिन्छ ।

१४औं महाधिवेशनमा सदस्यता वडा स्तरीय बितरण भैरहदा जति उत्साह,जोश र हौसला कार्यकर्तामा थियो आज निराशा कुन्ठा, आग्रह पुर्वाग्रह र प्रतिशोधले गर्दा पार्टीको बैचारिक पक्ष स्खलित भएको छ । पार्टीका नेता कार्यकर्ताहरुलाई अनुशिक्षण प्रशिक्षण कार्यक्रम लामो समयसम्म नहुदा प्रतिपक्षी राजनीतिक दलका कार्यकर्ताका सामु बैचारिक बहस र छलफलहरुमा कम्जोर बनेका देखिन्छन् । आफ्नै पार्टीको नेता तथा कार्यकर्तालाई दुश्मनी जस्तो व्यबहार प्रदर्सन गरेको यत्रतत्र छरपस्ट देखिन्छ । स्थानीय, प्रदेश, संघीय लगाएयका निर्वाचनमा भएको असफलताका कारण कहिल्यै खोजी गरिएन नेताहरुका बिचमा मनमुटाव कहिले पनि अन्त्य भएन । बिगतका चुनावको समिक्षा नहुदा जताततै दोषारोपण , आरोपप्रत्यारोप कायम छ। पार्टी एकताको सन्देश दिने अभियान लिएर हुनुपर्ने अधिबेशन अझ बढी तिक्तता र असन्तुष्टि लिएर सम्पन्न हुने देखिएको छ यसले गर्दा सन्निकट रहेको स्थानीय तथा आम निर्वाचनहरुलाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।

(लेखक : नेपाली का‌ग्रेस काेहलपुर नगर सचिव हुनुहुन्छ । )