मेरो जनगणना मेरो सहभागिता भन्ने नाराका साथ प्रभात फेरी कार्यक्रम कोहलपुर नगरपालिकाले सम्पन्न गर्यो ।

मेरो जनगणना मेरो सहभागिता भन्ने नाराका साथ प्रभात फेरी कार्यक्रम कोहलपुर नगरपालिकाले सम्पन्न गरेको छ । प्रभात फेरी कोहलपुर चौराह परिक्रमा गरि कोहलपुरको शाझा चोक हुदै कोहलपुर नगरपालिकामा आएर कोण सभा गरिएको थियो । उक्त प्रभातफेरिमा जनप्रतिनिधि कर्मचारी बिभिन्न संघ संस्थाका प्रतिनिधि राजनितिक दलका प्रतिनिधि लगाएतले उक्त प्रभात फेरी कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त सभामा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले नेपालको १२ औँ राष्ट्रिय जनगणना भएकाले यसलाई सफल बनाउन सबै गणकहरुले सही तथ्याक तथा सुचना संकल गर्नुपर्ने बताउनुभयो । १२ औँ जनगणना सफल बनाउनका निम्ति सबै स्थानिय आम नागरिकहरुलाई सहयोग गर्न समेत अनुरोध गर्नुभयो । जनगणनाका लागि बाँकेमा ६ सयबढी गणक खटाइने भएको छ । यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनामा बाँकेमा ६ सय १७ गणक खटिने भएका हुन् । जिल्लाका आठवटै पालिकामा १५ दिन लगाएर उनीहरुले जनगणना गर्ने तथ्याङ्क कार्यालय बाँकेका प्रमुख वेदप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्