कृष्णको मायालु अवतार, चुनरी रे चुनरी” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

नेपालगन्ज : पछिल्लो समय बाँकेका विभिन्न स्थानहरूमा चलचित्र एवम् म्युजिक भिडियो छायांकन हुनेक्रम बढ्दो छ।
यसैबीच, बाँकेमै छायांकन गरिएको एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा समावेश गीतमा गायक उमेश मुस्कान र गायिका अन्नु चौधरीको सुमधुर आवाज रहेको छ। गीतमा उमेश मुस्कानकै शब्द अनि संगीत रहेको छ।

गीत थारु भाषामा आधारित भएतापनि सबै भेगका संगीत प्रेमीले यो गीतलाई रुचाउनेछन। गीतमा उमेश र अन्नुको गायिकी निकै उत्कृष्ट सुनिएको छ। गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा कृष्ण अधिकारीसंगै दुर्गा राना मगर पनि फिचर्ड छिन् । दुबै बाँकेका कलाकार हुन् । भिडियोमा कृष्ण र दुर्गाको जोडी प्रेमी र प्रेमिका को रुपमा देखिएका छन् । बाँकेको गाभर भ्याली, नेपालगन्ज लगायतका स्थानलाई भिडियोमा देखाइएको छ। बाँकेका पर्यटकीय स्थललाई गीत संगीतको माध्यमबाट प्रचारप्रसारमा टेवा पुगोस् भन्ने मनसायले बाँकेमै भिडियो खिचिएको निर्माण टिमले जनाएको छ। कृष्णका लागि थारु भाषाको यो म्युजिक भिडियो पहिलो हो। यसै म्युजिक भिडियोबाट थारु म्युजिक भिडियोमा डेव्यु समेत गरेका छन् । उनले यस भन्दा अघि चलचित्र एवम् तिन दर्जनबढी नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । भिडियोलाई नवराज सुवेदीले निर्देशन गरेका हुन् । उनको निर्देशकिय पाटो पनि भिडियो अब्बल देखिएको छ। रामु चौधरीले भिडियोलाई आकर्षक फ्रेममा खिच्ने र सम्पादन गर्ने काम गरेका छन् । भिडियो आरकेसी डिजिटल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो हेरेर प्रतिक्रिया, माया, सस्क्राइब, सेयर गरिदिन हुन समग्र टिम सदस्यले आग्रह गरेका छन . हेर्नुहोस भिडियो
प्रतिक्रिया दिनुहोस्