राणालाई दर्ज्यानी चिह्न प्रदान

रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई आइतवार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रधानसेनापति महारथी प्रभुराम शर्माले जंगी अड्डामा कार्यक्रम गर्दै दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कात्तिक ११ गते बसेको मन्त्रिपरिषद्को निर्णयले उपरथी राणालाई रथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
राणालाई बलाध्यक्षमा नियुक्त गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्