सीएनएन । लोन्ली प्लानेटले हरेक वर्ष विश्वका उत्कृष्ट गन्तव्यहरुको सूची सार्वजानिक गर्ने गरेको छ । र अरु वर्षहरुमा जसरी नै नेपालको नाम पनि यसमा समावेश गरिएको छ । तर यसपटक सगरमाथा र अन्नपूर्ण सर्किटबाहेक यसले मुस्ताङको विशेष चर्चा गरेको छ । 

पर्वतारोहीहरुका लागि मुस्ताङ पनि उत्तिकै आकर्षक स्थल रहेको यसमा उल्लेख छ । त्यहाँको मरुभूमी समान अलौकिक दृश्यको मजा लिनुका साथै स्थानीय होमस्टेहरुमा नेपालका विशेष परिकारको स्वाद पनि लिन पाइने भनिएको छ । जस्तै याकको बटरसँग कफी, कोठे शैलीको मोमो लगायत विभिन्न स्वादिष्ट परिकारबारे पनि उल्लेख गरिएको छ । 

विश्वका अन्य आकर्षक गन्तव्यहरुमा इजिप्टको पिरामिड्स अफ गिजा, मलावी, ओमान, एङ्ग्वीला, स्लोभेनिया, बेलिज, मोरिसियस, नर्वे र कुक आइलन्ड्स रहेका छन् ।