तीन दिनको मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ कात्तिक।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
त्यस्तै, देशका पहाडी भु-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
कार्तिक १२ गते (शुक्रबार)
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कार्तिक १३ गते (शनिबार)
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कार्तिक १४ गते (आईतबार)
दिउँसो: प्रदेश १ , बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , बाग्मति प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , बाग्मति प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्