काठमाडौँ, १० कात्तिक।

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैंयाले घटेर ९२ हजार पुगेको छ। यसअघि मंगलबार छापावाला सुन तोलामा ९२ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार भएको चाँदी आज १० रुपैंयाले घटेर १२ सय ५० तोकिएको महासंघले जनाएको छ।