बाँकेमा एक महीलाले राप्ती नदीमा हामफालेर आत्महत्या गरेकी छन् । घरायसी झगडाको कारण राप्तीसोनारी–३ की २० बर्षिया दिपा थारुले अगैयाको पुलमाथिबाट राती दुईबजे नदीमा हामफालेर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेका अनुसार दिपा थारुले गएराती २ बजे नदीमा हामफालेको र बिहान मात्र मृतको शव फेला परेको बताए । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।