काठमाडौं ।

स्ट्यान्नडर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ३.०६ प्रतिशत नगद लाभांश गरेर कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्र्न प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।